भोटेकोसीमा बाढी: सुख्खा बन्दरगाहमै रहेका ११ जना बेपत्ता

Share:

भोटेकोसी नदीमा आज बिहान आएको आकस्मिक बाढीले रसुवामा ११ जना बेपत्ता भएका छन्। नदीमा एक्कासि आएको ठूलो बाढीले रसुवागढी भन्सार क्षेत्रको टिमुरेमा व्यापक क्षति पुर्‍याएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार, “रसुवा भन्सार कार्यालयको यार्डमा पार्किङ गरिएको गाडीभित्र रहेका ११ जना बाढीमा बेपत्ता भएको सूचना प्राप्त भएको छ। हामी उद्धार र खोजी कार्यमा खटिएका छौं। क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।”

कमेन्ट गर्नुहोस्
Share: