
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१० स्थित इन्द्रेणीघाटमा त्रिशूली नदीमा फसेका दुईजनाको उद्धार प्रयास जारी छ।
घाँस–दाउरा गर्न गएका उनीहरू सोमबार रातिको बाढीपछि रुखमा चढेर ज्यान जोगाएका हुन्। रुखमुनि बाढी आइपुगेपछि उनीहरू बाहिरी सहयोगको पर्खाइमा छन्।
पहिलो चरणमा पठाइएको सानो हेलिकप्टरले उद्धार गर्न नसकेपछि ठूलो हेलिकप्टर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। अहिले उद्धार कार्य जारी छ।
फसेकाहरू एउटै परिवारका सदस्य भएको पुष्टि गरिएको छ।
कमेन्ट गर्नुहोस्
