विद्यालय अध्यक्षमाथि कालोमोसो दल्ने सबै पक्राउ, अभद्र व्यवहार मुद्दा दर्ता

Share:

पोखरा । छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीमाथि कालोमोसो दल्ने घटनामा संलग्न भएको आरोपमा प्रहरीले शनिबार थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश संयोजक राजन साउद र केन्द्रीय सदस्य बासुदेव बुढा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले शनिबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको हो।

यसअघि शुक्रबार साँझ घटनाका मुख्य योजनाकार मानिएका नेकपा (बहुमत)का पोलिटब्युरो सदस्य तथा युवा संगठनका फ्याक्सन इञ्चार्ज सुजन विक पक्राउ परिसकेका छन्।

प्रहरीका अनुसार अध्यक्ष पहारीमाथि कालोमोसो दल्ने दुई जना, योजनाकार सुजन विकसहित घटनामा संलग्न सबैलाई नियन्त्रणमा लिइसकिएको छ। उनीहरूमाथि ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ।

पाताले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई ठेक्कामा दिने निर्णयमा अध्यक्ष पहारीको संलग्नताप्रति असन्तुष्टि जनाउँदै शुक्रबार बिहान उनीमाथि कालोमोसो दलेको प्रहरीको भनाइ छ।

कमेन्ट गर्नुहोस्
Share: