मुना देबकोटाको अभिनयमा कस्तो मेरो जुनी गीत सार्वजनिक (भिडियो सहित)

Share:

पोखरेली चेली मुना देबकोटाको अभिनयमा मर्मस्पर्शी गीत कस्तो मेरो जुनी सार्वजनिक भएको छ ।हिन्दु महिला नारीहरुको महान् पर्व हरितालिका तीजको पावन अवसर पारेर सार्वजनिक भएको उक्त गीतमा महिलाहरुको बेदनालाई देखाईएको छ ।

श्रीमानले घरकी श्रीमतीलाई व्यवस्था गरी बाहिर युवती र नशामा हिड्ने चरित्रलाई गीतबाट देखाउन खोजिएको गीतकी सर्जक तथा निर्देशक मुना देबकोटा बताउछिन् ।

बिगत २ बर्ष देखी तयार पारि राखिएको शब्दहरुलाई यो बर्ष बल्ल गीत निकाल्न जुरेको भन्दै सहयोग गर्ने सबैप्रति धन्यवाद समेत ब्यक्त गरिन् । गीतमा पूर्णकला बिसीको आवाज रहेको छ भने लय नारायण ज्ञवालीको रहेको छ ।

गीतलाई स्वयं सर्जक तथा कलाकार मुना देबकोटाले निर्देशन गरेकी छन् भने गणेश सापकोटाको छायंकन तथा सुवास अंगाईको सम्पादन गीतमा देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस् ।

कमेन्ट गर्नुहोस्
Share: