
पोखरा । वडा प्रहरी कार्यालय बैदाम, पोखराका नवनियुक्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज भट्टराइले ध्वनि प्रदूषण गर्ने सवारी साधनमाथि तत्काल कारबाही प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन्।
साउन ५ गते प्रमुखको रूपमा कार्यभार सम्हालेका डीएसपी भट्टराइले स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने मोटरसाइकलहरूमाथि कडाइ गरिएको र त्यसका लागि प्रहरी परिचालन भइसकेको बताएका हुन्।
बुधबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बैदामद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन स्थानीयको साथमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
ूलेकसाइड क्षेत्र पर्यटकीय क्षेत्र भएकाले यहाँको शान्ति सुरक्षा सबैको सरोकार हो,ू उनले भने, ूध्वनि प्रदूषणका गुनासा आएपछि तत्काल कारबाही थालिएको हो।ू
कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुरप्रसाद बरालले रात्रीकालीन व्यवसायका कारण उत्पन्न हुने होहल्ला, पार्किङ समस्याका साथै फेवाताल किनारको फुटट्रेल क्षेत्रमा लागूपदार्थ दुरुपयोग बढिरहेको विषयमा प्रहरीको ध्यानाकर्षण गराए।
संस्थाका संस्थापक अध्यक्ष मंगल नेपाली, पूर्व अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, मिना भट्टराई लगायतले दण्डहीनताको प्रवृत्ति मौलाउँदै गएकाले प्रहरी अझ सचेत हुनुपर्ने धारणा राखे।
सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सोभियत परियार, महासचिव शान्ता तिमिल्सीना, समाजसेवी नवीन बराललगायतले लेकसाइड क्षेत्रलाई कास्कीका अन्य ठाउँभन्दा प्राथमिकतामा राखेर शान्ति सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए। यसको कडा हेडलाइन
