मनसुनसँगै डेंगुको प्रकोप बढ्दो, ७४ जिल्लामा फैलियो, गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित

Share:

पोखरा । मनसुन सक्रिय भएसँगै डेंगुको जोखिम देशव्यापी रूपमा बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुस महिनयता देशभर डेंगुका २ हजार ४५१ बिरामी पहिचान भएका छन्। पछिल्लो एक हप्तामा मात्रै १५७ नयाँ बिरामी थपिएका छन् भने पछिल्लो २४ घण्टामा १५ जनामा डेंगु पुष्टि भएको छ । डेंगु सङ्क्रमण हालसम्म देशका ७४ जिल्लामा फैलिएको छ ।

गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित

प्रदेशगत तथ्याकलाई केलाउँदा गण्डकी प्रदेश डेंगुबाट सबैभन्दा बढी प्रभावित देखिएको छ । गण्डकीमा हालसम्म ६ सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने पछिल्लो एक हप्तामा मात्रै ४८ नयाँ बिरामी थपिएका छन् । त्यसपछि बागमती प्रदेशमा ५ सय २३, लुम्बिनी प्रदेशमा ४०५ र कोशी प्रदेशमा ४ सय ३६ जनामा सङ्क्रमण देखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: