कार नहरमा खस्दा ११ जनाको मृत्यु

Share:

भारतस्थित उत्तर प्रदेशको गोन्डामा आइतबार एसयूभी कार नहरमा खस्दा ११ जनाको मृत्यु भएको छ। इटियाथोकको बेलवा बहुता रेहरा पुलमा भएको दुर्घटनामा परेका चार जनाको भने उद्धार गरिएको छ।

इटियाथोक प्रहरी चौकीका एसएचओ कृष्णराज राईका अनुसार एसयूभी कारमा चालकसहित १५ जना थिए। बीबीसी हिन्दीका अनुसार उनीहरू मोतीगन्ज सिहागाउँबाट पृथ्वीनाथ जलाभिषेक गर्न जाँदै थिए।

दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेलाई ५० हजार रुपैयाँ दिइने पनि बताएका छन्।

मुख्यमन्त्री योगी आदित्यनाथले पनि मृतकका परिवारलाई पाँच लाख रुपैयाँ सहयोग रकम दिन निर्देशन दिएका छन्। उनले घाइतेहरूको उचित उपचार गर्न पनि भनेका छन्।

कमेन्ट गर्नुहोस्
Share: