
पोखरा । पोखरा महानगरपालिका-१९ फेदी निवासी ४९ वर्षीय पिताम्बर पौडेल विगत पाँच दिनदेखि सम्पर्कविहीन रहेका छन्। साउन १९ गते दिउँसो पुरानो वडा कार्यालयको भवन, लामाचौरबाट अचानक बेपत्ता भएका पौडेल अहिलेसम्म पनि फेला परेका छैनन्।
पारिवारिक स्रोतका अनुसार पौडेलसँग दिउँसोको समयमा अन्तिम पटक सम्पर्क भएको थियो। त्यसपछि उनीसँग कुनै सम्पर्क स्थापित हुन सकेको छैन। परिवार, इष्टमित्र र छिमेकीहरूले सम्भावित स्थानहरूमा निरन्तर खोजी गरे तापनि हालसम्म उनी फेला परेका छैनन्।
पौडेलको श्रीमती मुनादेवी लम्साल पौडेलले प्रहरीलाई समेत जानकारी दिइसकेको बताउँदै, पाँच दिनसम्म पनि श्रीमान् फेला नपरेपछि परिवारमा अत्यधिक तनाव र निराशा थपिएको बताइन्।
“हामीले जहाँ–जहाँ सकिन्छ, खोज्यौं। तर, कतै पत्तो लागेन। अब सबैलाई अनुरोध छ- यदि उहाँलाई कसैले देख्नुभएको छ भने तुरुन्त जानकारी गरिदिनुहोस्,,” उनले भावुक हुँदै भनिन्।
पिताम्बर पौडेलको खोजीमा सहयोग गर्न यी ९७०९७७७०७०, ९८१७११८४१० र ९८६४३८७२३५ मोबाइल नम्बरहरूमा तुरुन्त सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।
प्रहरी प्रशासनसँग तत्काल खोजी कार्यलाई तीव्र पार्न र सम्भावित सबै स्थानमा छानबिन गर्न परिवार र स्थानियवासीहरूले माग गरेका छन्।
