योगले निरोग बनाउँछः मेयर आचार्य

Share:

पोखरा। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योगमार्फत शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सकिने बताएका छन्।

महिला पतञ्जली योग समिति कास्कीको आयोजनामा आजदेखि सुरु भएको “सहयोग शिक्षक तालिम” को उद्घाटन गर्दै मेयर आचार्यले आफूले पनि समय निकालेर नियमित योग गर्ने जानकारी दिए। उनले तनाव न्यूनीकरण तथा स्वास्थ्य सुदृढीकरणमा योगको भूमिका महत्त्वपूर्ण भएकाले महानगरपालिकाले योग कक्षा सञ्चालनमा निरन्तर सहयोग गरिरहेको उल्लेख गरे।

१० दिनसम्म सञ्चालन हुने उक्त तालिममा १०० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। महिला पतञ्जली योग समिति कास्कीकी अध्यक्ष उर्मिला हिराचनका अनुसार तालिमकी प्रमुख प्रशिक्षक नेपालकै पहिलो महिला साध्वी, देवकृपा हुनेछिन्।

कार्यक्रममा पतञ्जली योग समिति गण्डकी प्रदेशका प्रभारी नरेन्द्रमान लालचनले योगको महत्वबारे चर्चा गर्दै, योगलाई घरघरमा पु-याउनु पर्ने आवश्यकता औंल्याए।

कार्यक्रमको अध्यक्षता उर्मिला हिराचनले गरेकी थिइन् भने सञ्चालन समिति सचिव लक्ष्मी पुनले गरिन्। पतञ्जली योग समिति प्रदेशका संरक्षक लोकदर्शन कोइरालाले कार्यक्रमको सहजीकरण गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: