पोखरामा ६ किलो गाँजासहित एक जना पक्राउ

Share:

पोखरा। पोखराको कोलपाटन क्षेत्रबाट लागू औषध गाँजा सहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार दिउँसो १२:०० बजे उक्त स्थानमा छापा मारेको थियो।

प्रहरी टोलीले सोधपुछ तथा कानुनी प्रक्रिया अनुसार खानतलासी गर्दा कुमार गुरुङ (३८), स्थायी ठेगाना रुपन्देहीको सिहरी गाउँपालिका वडा नं. ६, हाल पोखरा महानगरपालिका वडा नं. १५ स्यानिपाटन बसोबास गर्दै आएका व्यक्तिको साथबाट करिब ६ किलो गाँजा फेला पारेको जनाएको छ।

प्रहरीले गुरुङलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ। हाल जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप अनुमती लिइएको प्रहरी कार्यालयले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: