
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य नरहेको पाइएकाे छ। रुपन्देहीको भैरहवाबाट ललितपुरस्थित नख्खु कारागारमा स्थान्तरण गरेपश्चात् सोमबार लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो।
स्वास्थ्य जाँच गर्ने क्रममा उनको स्वास्थ्य अवस्था सामान्य नरहेको चिकित्सकले बताएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
हावा, घामलगायत नियमित आवश्यकता लामिछानेको शरीरले नपाएको देखिएको बताइएकाे छ। ट्रमा सेन्टरका डाक्टर जितेन्द्र प्रसाद यादव नेतृत्वकाे टोलीले लामिछानेको थप स्वास्थ्य जाँचको प्रक्रिया थालेको छ।
भैरहवा कारागारमा रहँदा कोठाभित्रै थुनिएको, हावा पानी नपाएको, अत्यधिक गर्मी रहेका कारण उनको शरीरमा केही समस्या देखिएको हुन सक्ने आशंका गरिएको छ।
