कास्कीका फोटो पत्रकारले मनायो विश्व फोटोग्राफी दिवस

Share:

पोखरा । नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी
दिवस मनाएको छ। संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका- ५ सुनपदेलीमा शुभकामना आदानप्रदान, बधाई तथा तीज खाने कार्यक्रम गरेको हो।

कार्यक्रममा संघका अध्यक्ष राम गुरुबलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (
फोनिज) गण्डकीले प्रदान गर्ने कञ्चन पत्रकारिता पुरस्कार प्राप्त गरेकोमा बधाई
दिइएको थियो।

कार्यक्रमा संघका सल्लाहकार तथा पूर्वअध्यक्ष कृष्णमणि बरालले रचनात्मक र उत्कृष्ट फोटो खिच्नु आजको आवश्यकता भएको बताए।

चूनौतीलाई छिचोल्दै फोटोग्राफर र फोटो पत्रकार अघि बढ्नुपर्ने समय आएको उनले सुनाए । आगामी दिनमा फोटो पत्रकार संघ कास्कीलाई अझै रचनात्मक काम गर्दै अघि बढ्न उनले सुझाव दिए।

संघका सल्लाहकार एवं पुर्वअध्यक्ष इन्द्रप्रसाद पौडेलले फोटोग्राफी नजानी फोटो पत्रकार हुन नसक्ने भन्दै यसमा ध्यान दिन आग्रह गरे। फोटोग्राफी र पत्रकारिताको तालिम लिएकाहरु यस क्षेत्रमा लाग्नुपर्नेमा लाग्नुपर्नेमा उनको जोड थियो।

नेपाल फोटो पत्रकार संघ, कास्कीकी उपाध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ
सदस्य राधिका कंडेलले फोटोग्राफी र फोटो पत्रकारितमा अवसरसँगै चूनाती रहेको बताइन्।

निवर्तमान अध्यक्ष दुर्गा पौडेलले संसारभरका फोटोग्राफर र फोटोपत्रकारलाई एकै सुत्रमा बाध्न यो दिवसले सहयोग पुग्ने बताए।

कार्यक्रममा कास्कीका अध्यक्ष राम गुरुबले एकपटक खिचेको फोटो सधैं अमर रहने बताए।
संघले आगामी दिनमा पनि फोटो पत्रकारको हितमा काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: