पोखरामा ‘डायमण्ड ब्यूटी शैलुन तथा ट्रेनिङ सेन्टर’ सञ्चालनमा, ८० लाखको लगानी

Share:

पोखरा । पोखरा महानगरपालिका -८ न्युरोडमा ‘डायमण्ड ब्यूटी शैलुन तथा ट्रेनिङ सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। गण्डकी प्रदेशसभा सांसद सरस्वती गुरुङ र पूर्व सांसद शारदा पौडेलले संयुक्त रूपमा उद्घाटन गर्दै महिलाहरूलाई सीप सिकेर आत्मनिर्भर बन्न आग्रह गरे।

नेपाल ब्यूटिसियन संघ गण्डकी प्रदेशकी अध्यक्ष शर्मिला रानाभाटले महिलाहरूले व्यूटिसियन तालिम लिई स्वरोजगार तथा वैदेशिक रोजगारीमा सफलता पाउँदै आएको जानकारी दिइन्।

उद्घाटन समारोहमा ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, नेपाल दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरी, महिला उपाध्यक्ष सरस्वती गिरी, महासचिव जगतमोहन गिरी, केन्द्रीय सदस्य तथा कोशी प्रदेश अध्यक्ष पदमबहादुर गिरी लगायतले शुभकामना व्यक्त गरेका थिए।

सेन्टरमा श्रीमान-श्रीमती राकेश पुरी र ममता कार्कीको करिब ८० लाख रुपैयाँ लगानी रहेको छ। सेन्टरको न्युरोड शाखा र सृजनाचोक शाखा गरी हालसम्म १२ जनाले रोजगारी पाएका छन्।संचालिका ममता कार्कीका अनुसार, सेन्टरमा दक्ष व्यूटिसियनहरूद्वारा अत्याधुनिक प्रविधिको प्रयोग गरी विभिन्ना सेवाहरू प्रदान गरिन्छ । जसमा

हाइड्रो फेसियल, सामान्य फेसियल, केराटिन, बोटोक्स, केमिकल हेयर स्ट्रेट, हेयर कलर, नेल जेल, स्किन टेस्टर तथा मोल्स रिमूभर लगायत हरितालिका तीजको अवसरमा सेन्टरले ५० प्रतिशतसम्म छुट पनि उपलब्ध गराएको छ। लेडिजका लागि मात्र संचालन गरिएको यो सेन्टरले ऋत्भ्ख्त् बाट सम्बन्धन प्राप्त गरी मान्यता प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सर्टिफिकेट दिने व्यूटिसियन तालिम प्रदान गर्दै आएको छ। हाल ६४ जना तालिमार्थी प्रशिक्षणमा छन्।

कमेन्ट गर्नुहोस्
Share: