गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासमा दक्षिण कोरियाको १ अर्ब २५ करोड अनुदान सहयोग

Share:

पोखरा। दक्षिण कोरिया सरकारले गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि नेपाल सरकारलाई रु १ अर्ब २५ करोड अनुदान सहयोग प्रदान गर्ने भएको छ।

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको सो शिक्षालयलाई सहयोग गर्न दक्षिण कोरियाको तर्फबाट यो महत्वपूर्ण अनुदान प्रदान गरिन लागेको हो।

अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुने कार्यक्रम तय भएको अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले जानकारी दिएको छ।

उक्त अनुदानले शिक्षालयको भौतिक संरचना, प्राविधिक उपकरण तथा शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास लिइएको छ। प्राविधिक शिक्षाको पहुँच विस्तार र गुणस्तर अभिवृद्धिमा यस सहयोगले दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: