पोखरामा आप्रवासी सहायता केन्द्र सञ्चालनमा

Share:

पोखरा । पोखरा महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय कास्कीको परिसरमा आप्रवासी सहायता स्रोत केन्द्र सञ्चालनमा ल्याएको छ। वैदेशिक रोजगारीमा जान राहदानी बनाउने व्यक्तिहरूलाई लक्षित गरी स्थापना गरिएको यो केन्द्रको उद्घाटन महानगर प्रमुख धनराज आचार्यले गरेका हुन्।

महानगर प्रमुख आचार्यका अनुसार, केन्द्रले विदेश जानुअघि आवश्यक परामर्श प्रदान गर्नुका साथै वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी र सहयोग उपलब्ध गराउनेछ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राहदानी शाखानजिकै कक्ष स्थापना भएकाले परामर्श दिन सहज हुने बताउँदै सेवाग्राहीको सुविधाका लागि महानगरपालिकाले गरेको पहलको प्रशंसा गरिन्।

सेवाग्राहीका लागि विश्राम गर्न मिल्ने फल्चासहितको सहायता कक्ष निर्माणका लागि महानगरपालिकाले १६ लाख रुपैयाँ खर्च गरेको छ।

महानगरपालिकाका रोजगार संयोजक विष्णुप्रसाद दाहाल र सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का जिल्ला संयोजक आदिमध्वज श्रेष्ठ श्रम तथा रोजगार क्षेत्रको समन्वयमा सक्रिय छन्।

कमेन्ट गर्नुहोस्
Share: