पोखरामा लागू औषधसहित एक जना पक्राउ

Share:

पोखरा। कास्कीको पोखरा महानगरपालिका वडा नं. ८ स्थित ईन्द्रपुरी मार्गमा लागू औषध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले एक जना व्यक्तिलाई ठूलो परिमाणको लागू औषधसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो २ बजे ४६ वर्षिय रमेश थापा , ईन्द्रपुरी मार्ग निवासीको घरमा छापा मार्दा विभिन्न प्रकारका लागू औषध र उपकरणहरू बरामद गरेको हो।

प्रहरीका अनुसार थापाको घरबाट ब्रुफिनुर्फिन १६१ एम्पुल, डाइजेपाम १३५ एम्पुल, फेनेरागन १६४ एम्पुल गरी कुल ४६० एम्पुल लागू औषध, करिब ४ केजी १०० ग्राम गाँजा, एक थान डिजिटल तराजु र एक थान मोबाइल समेत बरामद गरिएको छ।

थापालाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी कसूरमा अनुसन्धानको लागि जिल्ला अदालत कास्कीबाट म्याद थप (९ दिन) लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले लागू औषध कारोबारमा संलग्नहरूलाई कडाइका साथ निगरानी गर्ने र कानुनी कारबाही अघि बढाउने जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: