
काठमाडौं। विद्यालय शिक्षा विधेयकमा आफूसँगका सहमति कार्यन्वयन नगरिएको भन्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले भदौ १३ गते स्थानीय तहमा धर्ना दिने भएको छ।
महासंघले आज ७५३ वटै स्थानीय तहहरुमा ध्यानाकर्षण पत्र बुझाइ २ घन्टा धर्नाको कार्यक्रम राखेको हो। महासंघले विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्नासँगै स्थानीय तहमा समेत आन्दोलन अगाडि बढाएको छ ।
महासंघको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै नेपाल राहत शिक्षक केन्द्रीय समितिले समेत धर्नामा सहभागी हुन राहत शिक्षकहरूसँग आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्

