आज छैन भारी वर्षा, यी स्थानमा हुनेछ मध्यम वर्षा !

Share:

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान र बाँकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका केही स्थान र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: