पोखरामा पुष्पराज त्रिपाठीद्वारा जन्मदिनको अवसरमा १ लाखको अक्षयकोष स्थापना

Share:

पोखरा। जन्मदिनको अवसरमा समाजसेवी तथा लायन्स क्लब पोखरा कालिका भ्यु टाउनका अध्यक्ष पुष्पराज त्रिपाठीले आफूले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। त्रिपाठीले लेखनाथ आधारभूत विद्यालयमा १ लाख १ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्।

उक्त अक्षयकोषबाट प्राप्त व्याजबाट जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिने जानकारी दिएका छन्। कार्यक्रममा विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थीलाई पोशाक र ३२ जना विद्यार्थीलाई ट्र्याकसुट पनि वितरण गरिएको थियो।

कार्यक्रममा लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ एम नेपालका डिस्ट्रिक्ट गभर्नर पिएमजेएफ धनीराम बराल, कलस्टर प्रमुख दिलु तिवारी, क्लबका पूर्वअध्यक्षहरू नारायण अधिकारी, चन्द्र शर्मा, ईश्वर अधिकारी, एमजेएफ दिनेशबाबु खड्का, विद्यालयका प्रधानाध्यापक टेकबहादुर भुजेल, अभिभावक संघका अध्यक्ष तिलबहादुर भुजेल, समाजसेवी भोलानाथ त्रिपाठी, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एकनाथ अधिकारी, सदस्य शम्भुराम पाण्डे, जग्गादाता तथा सदस्य पुष्पराज चापागाईं, विद्यार्थी, अभिभावकलगायतको उपस्थिति थियो।

पुष्पराज त्रिपाठीले कक्षा १ देखि ५ सम्म सोही विद्यालयमा अध्ययन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: