जेनजी प्रदर्शन: देशभर १९ जनाको मृत्यु, ३४७ घाइते

Share:

काठमाडौं उपत्यकामा आज ‘जेनजी’ को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १९ प्रदर्शनकारीको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो। त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन्।

काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: