
काठमाडौं । नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाएको छ। कर्फ्यु खुकुलो भएपछि हिजोको तुलनामा आज बिहान सडक तथा पसलहरुमा चहलपहल बढेको छ।
नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज भदौ २६ गते बिहान १० बजेसम्म कर्फ्यु खुला गरिएको छ। अहिले सवारी साधनहरु निर्वाध चलिरहेका छन्। किनमेल गर्ने र अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुको संख्या सडकमा बढेको छ।
अहिले नेपाली सेना सडकमा खासै देखिएका छैनन्। हिजो सडकका चोक चोकमा हतियारधारी सेना तैनाथ थिए।
बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भने फेरि कर्फ्यु लगाइने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ। त्यसपछि दुई घण्टा पुन: कर्फ्यु खुला हुनेछ। आज बेलुकी ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म पुन: कर्फ्यु लागू हुने नेपाली सेनाले जनाएको छ।
