
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार राति शीतल निवासमा भएको लामो छलफलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति बनेको छ। हाल पनि शीतल निवासमै वार्ता जारी रहेको स्रोतले जनाएको छ।
परम्परागत दल, जेनजी प्रतिनिधि, सेनापति सबै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई चुनावी सरकार प्रमुख बनाउन तयार भएका छन्। तर, संसद् विघटन गर्ने वा नगर्ने भन्नेमा कुरा नमिल्दा मध्यरातिको वार्ता निष्कर्षविहीन भएको छ।
जेनजीहरु संसद विघटन हुनैपर्ने अडानमम छन्। पुराना दलहरू त्यसो हुन नहुनेमा छन्। तर पनि कार्कीलाई सपथ गराईहाल्न सेनाको दवाव छ।
कमेन्ट गर्नुहोस्
