
काठमाडौं । जेनजी आन्दोलनमा शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउने आदेश दिएको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।
कांग्रेस सांसद अभिषेक प्रताप शाहले नयाँ बानेश्वर प्रहरीमा दिएको जाहेरीमा एक दर्जनभन्दा बढी युवाको ज्यान गएको र धेरै घाइते भएको उल्लेख छ।
शव परीक्षण रिपोर्टदेखि घटनास्थलका प्रमाण जुटाई ओलीलाई जघन्य अपराधमा कानुनी कारबाही गर्न माग गरिएको छ।
कमेन्ट गर्नुहोस्
