
पोखरा । कास्की जिल्लाभरका निजी विद्यालयहरूमा भदौ ३० गते सोमबारदेखि पठनपाठन पुनः सुरु हुने भएको छ। मोन्टेसोरी एसोसिएसन कास्कीका अध्यक्ष भवानी अधिकारी, हिसान कास्की अध्यक्ष दिवाकर जैसी, एनप्याब्सन अध्यक्ष हेमन्त अधिकारी र प्याब्सन अध्यक्ष षडानन्द गौतमले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।
जनमत पार्टी जेनजीको आन्दोलनका कारण कास्कीसहित देशभर अधिकांश विद्यालयको पठनपाठन प्रभावित भएको थियो। तर हाल कास्की जिल्लामा जारी निषेधाज्ञा हटाइ सकिएको र यातायात, बजार तथा सर्वसाधारणको आवतजावत सामान्य अवस्थामा फर्किएकाले निजी विद्यालयहरूले सोमबारबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको प्याब्सन अध्यक्ष गौतमले बताए।
सरकारी विद्यालयहरू भने असोज १ गतेदेखि मात्र सञ्चालन हुने पोखरा महानगरपालिकाले निर्णय गरिसकेको छ।
