
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई क्षतिपूर्ति स्वरूप १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालका अनुसार, ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति वापत १० लाख रुपैयाँ र अन्य खर्चका लागि थप ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ।
मन्त्री अर्यालले क्षतिपूर्तिको यो रकम अर्थ मन्त्रालयमार्फत गृह मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिने जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्
