आज यी ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा हुने

Share:

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान भन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ। शनिबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

पछिल्लो तीन घन्टामा धनकुटाको त्रिवेणीमा ४२.६ मिलिमिटर, संखुवासभाको नममा ३३.८ मिलिमिटर, सोलुखुम्बुको सिरूवामा १९.६ मिलिमिटर, सिन्धुपाल्चोकको भोटाङमा २७ मिलिमिटर, म्याग्दीको बेनीबजारमा २४.२ मिलिमिटर, रूकुम पूर्वको रूकुमकोटमा ३० मिलिमिटर र बाफीकोटमा ३२ मिलिमिटर, कैलालीको चिसापानीमा ८.८ मिलिमिटर वर्षा मापन भएको छ।

शनिबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भु-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

राति पनि कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: