दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

Share:

काठमाडौं । यो वर्ष बडादसैँको टीका विभिन्न देशमा लगाइने शुभसाइत सार्वजनिक गरिएको छ। विदेशमा बस्ने नेपालीका निम्ति अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले शनिबार (असोज ४) साइत सार्वजनिक गरेको हो।

देशभित्रका निम्ति नेपाल पञ्चांग निर्णायक विकास समितिले यसअघि नै साइत सार्वजनिक गरिसकेको छ । नेपालमा असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा दसैँ टीकाको उत्तम साइत रहेको समितिले जनाएको छ।

दसैँको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

विदेशमा भने भारतको नयाँ दिल्लीमा अक्टोबर २ को बिहान ११ बजेर ४९ मिनेटको साइत उत्तम रहेको अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ ।

समितिका अनुसार, अमेरिकाको न्युयोर्कमा अक्टोबर १ को ११ः२५, जापानको टोकियोमा अक्टोबर २ को ११ः३१, अस्ट्रेलियाको सिड्नीमा अक्टोबर २ को ११ः४३, पोर्चुगलको लिस्बनमा अक्टोबर २ को ९ः२३, बेलायतको लन्डनमा अक्टोबर २ को ९ः१७ मा शुभसाइत छ।

कमेन्ट गर्नुहोस्
Share: