पाम आयलको सट्टा पानी पठाउने गिरोह पक्राउ, तीन जना नियन्त्रणमा

Share:

पोखरा। पोखरा औद्योगिक क्षेत्रभित्र रहेको हिमश्री फुड्स प्रालिमा पठाइने पाम आयलको सट्टा पानी पठाएको आरोपमा तीन जना पक्राउ परेका छन्।

कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार गत असोज ३ गते बिहान ८/३० बजे हिमश्री फुड्सका लागि ल्याउनुपर्ने पाम आयलको स्थानमा पानी भरिएको जर्किन पठाइएको भन्ने सूचनाका आधारमा अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा बारा जिल्लाका तीन जना ३५ वर्षीय कविराज गौतम, ४९ वर्षीय शम्भु उर्फ छविनाथ गौतम, र ३७ वर्षीय बुद्धि बहादुर लामाले बीच बाटोमै आयल चोरी गरेर बिक्री वितरण गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

तीनैजनाले ना ५ ख ७७०८ नम्बरको ट्रक प्रयोग गरी पाम आयल झिकेर त्यसको सट्टा जर्किनमा पानी भरेर तौल मिलान गराउने प्रयास गरेको खुलेको छ। प्रहरीले उनीहरूको साथबाट १८ थान पानी भरिएका पहेंलो जर्किन र नगद १३,००० रुपैयाँ समेत बरामद गरेको छ।

उनीहरूविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गराएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: