मुग्लिन-नारायणगढ सडकको पहिरो पन्छाउन दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

Share:

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-६ तुइनखोलामा फेरि ठूलो पहिरो खसेको छ । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको छ।

मंगलबार दिउँसो ४ः५५ बजे ठूलो पहिरो गएको र त्यसपछि पनि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन कठिन भएको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लम्सालले जानकारी दिए। उनले भने, ‘पहिरो झर्ने क्रम नरोकिँदा पहिरो पन्छाउन कठिन भएको छ।’

गत शुक्रबार पनि सोही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सोमबार मात्रै दुईतर्फी सडक सञ्चालनमा ल्याइएकामा आज पुनः पहिरो जाँदा सडक अवरुद्ध भएको छ। पहिरो पन्छाउन लामो समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न लम्सालले आग्रह गरे।

कमेन्ट गर्नुहोस्
Share: