
काठमाडौं। जिल्लाको बलेफी गाउँपालिका-१, जलबिरेस्थित बलेफी (ढाडे) भित्री सडक खण्डमा आज दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन्।
चौतारा साँगाचोकगढी नगरपालिका-२, भोटे फुल्पिङका ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फूलमाया लामा र उनकी बहिनी पाँच वर्षीया मनमाया लामा पहिरोमा परेर बेपत्ता भएको जानकारी प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्कीले दिएका छन्। उनीहरू जुगल गाउँपालिका-२, गोल्छेमा रहेको मामाघर जाँदै थिए।
बुधबार दिउँसो करिब ४:४५ बजे सडकमाथिबाट लेदो र माटो सहितको पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन्। घटनाको तत्काल पछि इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको नेतृत्वमा १० जनाको टोली परिचालन गरि खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।
