राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्छ : शेरबहादुर देउवा

203
0
Share:

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विषम परिस्थितिमा दुर्गा भवानीले सबैलाई  आत्मबल र दृढशक्ति प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

बडादशैँको उपलक्ष्यमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधान मुलुकको सर्वोच्च कानून भएकाले संविधानभित्रबाटै अहिलेको समस्याको समाधान खोज्न आग्रह समेत गरेका छन् ।

सन्देशमा भनिएको छ– ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो, हामीमा निहित बन्धुत्व भावले यी विविधताबीच पनि अनुपम एकता कायम गरेको छ, विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो, हरेक बडादशैँले समुदाय, संस्था, परिवार र व्यक्ति–व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ ।’

कमेन्ट गर्नुहोस्
Share: