राष्ट्रपति पौडेलले लगाए टीका

Share:
तस्वीर : रासस

 

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज विजयादशमीको अवसरमा शुभ साइतमा टीका र प्रसाद ग्रहण गरेका छन्। राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा हनुमानढोका दशैँघरका मूल पुजारी देवराज अर्यालबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा थापेका हुन्।

राष्ट्रपतिलाई पुजारी अर्यालले वैदिक विधिअनुसार रातो टीका, पहेंलो जमरा सहित आशीर्वाद प्रदान गरेका हुन्।

तर  यस वर्ष नागरिकलाई भने उनले टीका नलगाउने भएका छन्।  देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम रहेको छैन।

विगतमा राष्ट्रपतिबाट बडादशैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो।

तस्वीर : रासस

कमेन्ट गर्नुहोस्
Share: