नेपालले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जित्यो

Share:

 

काठमाडौं : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला ३–२ ले जित्दै तयारीपूर्ण सफलता हासिल गरेको छ।

बुधबार बिहान मलेसियामा सम्पन्न अन्तिम तथा निर्णायक खेलमा नेपालले घरेलु टोलीलाई ५ विकेटले पराजित गर्दै शृङ्खला आफ्नो पक्षमा पारेको हो।

शृङ्खलाको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले शानदार जित दर्ता गरेको थियो। तेस्रो खेलमा १३ रनले हार व्यहोरेको नेपालले चौथो खेलमा पुनः ६ विकेटले जित निकाल्दै सिरिज बराबरीमा ल्याएको थियो। अन्तिम खेलमा पनि उस्तै आत्मविश्वासपूर्ण प्रदर्शन गर्दै नेपालले शृङ्खला जित्न सफल भयो।

यस शृङ्खला आगामी जनवरीमा नेपालमै आयोजना हुने महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरूप खेलिएको हो।

कमेन्ट गर्नुहोस्
Share: