
बाँके : जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्ती सोनारी गाउँपालिका-५ उर्लिहवा बस्ने ३० वर्षीय प्रेम थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रेमले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
कमेन्ट गर्नुहोस्
