
कैलालीमा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका– ८ जरैमा २८ वर्षीय स्थानीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार हत्या आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । १९ वर्षीय बलबहादुर विक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको डीएसपी सिंहले बताए ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार विक र क्षत्रीलाई घाँटी रेटिएका युवकको टाउको लिएर प्रहरी कार्यालय आउने क्रममा पक्राउ गरिएको हो । ‘प्रहरी टोली गस्तीमा थियो, आफूहरुले हत्या गरेको भन्दै दुई युवकले टाउको देखाएपछि पक्राउ गरिएको हो,’ डीएसपी अवस्थीले भने ।
आरोपित दुवै युवक शरीर घटनास्थलमै छोडेर टाउको लगेर प्रहरी कार्यालय गइरहेका थिए । मदिरा सेवनपछि विवाद हुँदा घटना घटेको प्रहरीले जनाएको छ ।
