फेक भिडियोमार्फत चरित्र हत्या प्रयास भएको भन्दै हामी नेपाल संस्थापक सुदन गुरुङको प्रहरीमा उजुरी दिने चेतावनी

179
0
Share:

काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले आफू र संस्थामाथि भ्रम फैलाइएको भन्दै प्रहरीमा उजुरी दिने चेतावनी दिएका छन्। टीओबी लेखिएका ज्याकेट लगाएका युवाको भिडियोसँग आफूलाई जोडेर गरिएको प्रचार ‘पूर्ण रूपमा गलत’ भएको उनले बताए।

गुरुङले भने, “म त्यो भिडियोलाई ध्यानपूर्वक हेरेँ, म त्यहाँ कतै पनि देखिँदिन। अनि कसरी म सहभागी भइँ भन्ने प्रचार गर्न सकिन्छ ?” उनले थपे, “फेक न्युज फैलाउने जो-कोही होस्, अब कानूनी रूपमा जवाफदेही हुनुपर्छ। हाम्रो आईटी टिमसँग प्रमाण राखेर प्रहरीमा उजुरी हाल्छौँ। यदि म दोषी ठहरिएँ भने कारबाही गर्नुपर्‍यो, नभए ममाथि गलत प्रचार गर्नेहरूलाई गर्नुपर्‍यो।”

गुरुङले आफू र संस्थालाई बदनाम गर्ने ‘साइबर सेनाको प्रवृत्ति’ बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: