
पोखरा । दशैं र तिहारको अवसर पारेर पोखराको जरेबरस्थित सुलभ डिपार्टमेन्टल स्टोर्स ले ग्राहकलाई लक्षित गर्दै विशेष उपहार योजना ल्याएको छ। स्टोर्सले हरेक १ हजार रुपैयाँको खरिदमा एक कुपन दिने योजना ल्याएको हो, जसअन्तर्गत लक्की ड्र मार्फत भाग्यमानी ग्राहकले इलेक्ट्रिक स्कुटर, माउन्टेन साइकल, र डिस्पेन्सर जस्ता आकर्षक पुरस्कार जित्न सक्नेछन्।
डिपार्टमेन्टका प्रबन्ध निर्देशक लक्ष्मण बराल का अनुसार, तेस्रो पटकसम्मको पुरस्कार बाहेक १२ जना ग्राहकलाई सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ। विगतमा पनि यस्ता योजना सञ्चालन गर्दै आएको सुलभ डिपार्टमेन्टलले यसपालि कार्यक्रमलाई अझ आकर्षक बनाएको छ।
२ करोडको लगानीमा किचन सामग्री थप
यसैक्रममा, स्टोर्सले होटल, रेष्टुरेन्ट, क्याफे, तथा होमस्टे सञ्चालनकर्ताका लागि झण्डै २ करोड रुपैयाँको लगानीमा किचन सामग्री थप गरेको छ। स्टोर्सका साझेदार तथा सहकारी अध्यक्ष गोपी भट्टराई का अनुसार, अब काठमाडौंसम्म जानु नपरी पोखरामै सम्पूर्ण किचनका आवश्यक उपकरण सहज रूपमा उपलब्ध हुनेछ।
स्टोर्समा अहिले उपलब्ध सामग्रीहरूमा बुफे सेट, स्टेनलेस स्टिल भाँडा, प्यान, कुकर, ट्रे, फ्राइप्यान, सूप प्यान, चपिंग बोर्ड, चाकू, चम्चा, स्प्याचुला, टोंग, जार, बाउल, प्लेट, ग्लास, कप, ग्यास चुल्हो, ओभन, डीप फ्रायर, मिक्सर ग्राइन्डर, ब्लेन्डर, फूड प्रोसेसर, डिश र्याक, वाटर फिल्टर लगायतका साना–ठूला सामग्री रहेका छन्।
ग्राहकमैत्री सेवा सुविधासहित अर्डर र होम डेलिभरी
व्यवस्थापक बरालका अनुसार, स्टोर्सले ग्राहकको आवश्यकताअनुसार अर्डर लिने र होम डेलिभरीको सुविधा पनि उपलब्ध गराएको छ। उनले थपे, “पहिले साना भाँडा मात्र उपलब्ध थियो, तर अहिले होटल र रेष्टुरेन्ट सञ्चालनका लागि आवश्यक सम्पूर्ण किचन सेट हामीसँग उपलब्ध छ।”
१७ वर्षअघि पोखराका पर्यटन व्यवसायीको संयुक्त लगानीमा स्थापना भएको सुलभ डिपार्टमेन्टल स्टोर्सले सस्तो मूल्यमा गुणस्तरीय सामग्री बिक्री गर्दै होटल, रेष्टुरेन्ट र घरायसी ग्राहकहरूको मन जित्दै आएको छ।
