उपसभापति पूर्णबहादुर खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

Share:

काठमाडौं।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।

जेनजी विद्रोहपछि पहिलोपटक बसेको पार्टीको केन्द्रीय कार्यसमितिको उद्घाटन मन्तव्य राख्दै देउवाले खड्कालाई कार्यवाहक दिएका हुन्।

‘मेरो स्वास्थ्यका कारण म पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रुपमा काम गर्ने गरी तोकेको छु। उनले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ’ देउवाले भने।

कमेन्ट गर्नुहोस्
Share: