गण्डकी प्रदेश सरकारको करदातामैत्री निर्णय, सवारी करमा जरिवाना छुट, कार्तिक मसान्तभित्र तिर्नेले पाउँछन् ठूलो राहत

Share:

पोखरा । गण्डकी प्रदेश सरकारले सवारीधनीहरूका लागि “राजस्व सहुलियतको विशेष व्यवस्था” घोषणा गर्दै, कर तिर्न बाँकी रहेका नागरिकलाई जरिवाना र अतिरिक्त शुल्कमा पूर्ण छुट दिने निर्णय गरेको छ। आर्थिक ऐन २०८२ को दफा ३ र उपदफा ९१० बमोजिम भाद्र २३ देखि असोज मसान्तसम्म तिर्नुपर्ने सवारी कर, दस्तुर तथा शुल्क कुनै कारणवश नतिरेका सवारीधनीहरूले मिति २०८२ कार्तिक मसान्तभित्र भुक्तानी गरेमा कुनै जरिवाना वा अतिरिक्त शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको हो।

प्रदेश सरकारले यस निर्णयलाई राजस्व संकलनलाई सरल, प्रभावकारी र दण्डभन्दा सेवा(केन्द्रित बनाउने रणनीतिक पहल भनेको छ। यो निर्णय सिर्फ सवारी करमा मात्र सीमित नभई, सवारी तथा यातायात व्यवस्थापनसम्बन्धी अन्य दस्तुर वा शुल्कमा समेत लागू हुनेछ। जसका कारण, कर तिर्न ढिलाइ भएका नागरिकहरूले अब कार्तिक मसान्तभित्र राजस्व कार्यालय वा सम्बन्धित यातायात कार्यालयमा गएर जरिवाना मुक्त रुपमा आफ्नो बक्यौता चुक्ता गर्न सक्नेछन्।

“यो सहुलियतपूर्ण व्यवस्था तपाईँको जिम्मेवार नागरिकका रूपमा कर्तव्य पूरा गर्ने अवसर हो समयमै कर तिरेर प्रदेशको समृद्धिमा हातेमालो गरौं।”

कमेन्ट गर्नुहोस्
Share: