रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

233
0
Share:

एजेन्सी । दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर रेडी खाबिरोभले शनिबार बताएका छन् । उनले विस्फोटको कारण पत्ता नलागेको तथा विशेषज्ञहरूद्वारा अनुसन्धान भइरहेको बताएका छन् । बास्कोर्तोस्तान क्षेत्रको स्टर्लिटामाकमा अवस्थित उक्त कारखानाले युक्रेनमा रूसी युद्धका लागि हतियार र गोलबारुद उत्पादन गर्ने गरेको रूसी सञ्चार माध्यमले जनाएका छन् ।

युक्रेनी ड्रोनले एक महिना अघि एउटा प्रमुख तेल प्रशोधन केन्द्रलाई निशाना बनाएर सोही क्षेत्रमा आक्रमण गरेको थियो । बस्कोर्तोस्तानका गभर्नर खाबिरोभले टेलिग्राम मार्फत रासायनिक कारखानामा भएको हिंसात्मक विस्फोटले एउटा भवन ध्वस्त पार्नुका साथै तीन महिलाको मृत्यु भएको बताएका हुन् ।

उनले बिस्पोटका कारण घाईते भएका अन्य पाँच जनालाई अस्पतालमा भर्ना गरिएको जस मध्ये दुई जनाको अवस्था गम्भीर भएको बताएका छन् । कारखानाले रूसका लागि आवश्यक ‘विस्फोटक सामग्रीहरू उत्पादन र वितरण गर्ने गरेको खबिरोभले पुष्टि गरेका छन् ।

सेप्टेम्बर १८ मा युक्रेनी ड्रोनहरूले राज्य नियन्त्रित विशाल ग्याजप्रोमद्वारा सञ्चालित बास्कोर्तोस्तान तेल प्रशोधन केन्द्रमा आक्रमण गर्दा किभ प्रतिआक्रमणको एक भागको रूपमा सेनाको कोषका लागि प्रयोग गरिएको रूसी ऊर्जालाई लक्षित गरेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: