इजरायली आक्रमणबाट गाजामा एकै परिवारका ११ जनाको मृत्यु

271
0
Share:

काठमाडौं । गाजाको उत्तरी क्षेत्रमा इजरायली ट्यांकबाट गोली चल्दा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु एकै परिवारका सदस्य रहेको हमास प्रशासित सिभिल डिफेन्सले जनाएको छ ।

सिभिल डिफेन्सका अनुसार यो घटना शुक्रबार रातिको हो । गाजा शहरको जायतुन क्षेत्रमा एकै परिवारका सदस्यहरु बस चढेर आफ्नो घरको अवस्था हेर्न जाँदै गरेका बेला इजरायली ट्यांकबाट गोली चलेको थियो ।

यो गाजा क्षेत्रमा इजरायल र हमासबीच युद्धविराम भएपछिको सबैभन्दा घातक घटना हो ।

इजरायली सेनाले संदिग्ध गाडीमाथि गोली चलाएको स्वीकार गरेको छ । उसले पहेँलो रेखा पार गर्न खोजेपछि गोली चलाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: