
काठमाडौं । तिहारको मुख्य दिन, लक्ष्मीपूजा । घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । बिहीबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् । घर तथा कार्यालयहरुमा विभिन्न रंग राखेर आकर्षक रंगोली बनाइएको छ । लक्ष्मीको पूजापछि घरको गेट तथा मूलढोका पनि खुला राख्ने गरिन्छ ।
लक्ष्मीपूजापछि घरघरमा बालिएको बत्तीका कारण काठमाडौं उज्यालो देखिएको छ । उपत्यका झिलिमिली बत्तीले सजाइएको छ । धेरैजसो घर, कार्यालय तथा अन्य पसल तथा व्यवसाय रहेको भवनमा झिलिमिली बत्ती बालिएको छ ।
झिलिमिली बत्तीले सजिएको उपत्यका नजिकका डाँडाहरूबाट मनमोहक देखिएको छ ।
कमेन्ट गर्नुहोस्
