
काठमाडौं। आज राति कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ ।
त्यस्तै कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी भोलि दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
कमेन्ट गर्नुहोस्
