कालीगण्डकीमा पौडी खेल्दै १५ वर्षीय किशोर बेपत्ता, एकजनाको सकुशल उद्धार

Share:

काठमाडौं । पाल्पा र स्याङ्जाको सिमानामा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा एक जना किशोर बेपत्ता भएका छन्।

कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका-१ का १५ वर्षीय बखन शाही पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिएका छन्।

शाहीसँगै पौडी खेल्न गएका १६ वर्षीय विराज न्यौपानेलाई भने प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरेका छन्।

हाल बेपत्ता किशोरको खोजतलासका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको टोली नदी किनारमा खटिएको प्रहरीले जनाएको छ।

घटनाका कारणबारे अनुसन्धान भइरहेको र पानीको वहावका कारण खोज कार्यमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक प्रधानले बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: