एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, आकर्षक लाभांश घोषणा

Share:

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा आज राजधानीमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक प्रतिवेदन पारित गर्दै उत्कृष्ट वित्तीय प्रदर्शनको प्रशंसा गरेको छ।

बैंकले आफ्ना शेयरधनीहरूका लागि ६५ प्रतिशत बोनस शेयर र १४५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यो प्रस्तावले लगानीकर्ताहरूमाझ एभरेष्ट बैंकप्रति थप विश्वास र आकर्षण जगाएको छ।

सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जि.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त गर्ने निर्णय पनि सर्वसम्मत रूपमा पारित गरेको छ।

एभरेष्ट बैंकले विगत तीन दशकदेखि नेपालको बैंकिङ क्षेत्रलाई सुदृढ पार्दै उच्च ग्राहक सन्तुष्टि र आधुनिक सेवा प्रवाहमा अग्रणी भूमिका खेल्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: