विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल

Share:

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग-२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।

लिग-२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हरायो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको सहज जित निकालेको थियो ।

अमेरिकासँगको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाललाई घरेलु टोली युएईलाई पराजित गर्न आज थप मिहिनेत गर्नुपर्ने देखिन्छ ।

नेपालले युएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ ।

विश्वकप लिग-२ मा १७ खेल खेलेको नेपालले १२ अङ्क जोडेको छ। समान खेल खेलेको युएईको ६ अंक छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ।

२२ खेल खेलिसकेको अमेरिका ३२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।

कमेन्ट गर्नुहोस्
Share: