पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीलाई बाँकी भुक्तानी दिने निर्णय

Share:

पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीलाई बाँकी भुक्तानी गर्ने दिइने भएको छ।

राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको पोखरा विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेको भए पनि चिनियाँ ठेकेदार कम्पनी सिएएमसी इन्जिनियरिङलाई तिर्न बाँकी रकमको विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारी अनुसार उक्त कम्पनीलाई भुक्तानी गर्नुपर्ने बाँकी रकम धरौटीसहित ३ अर्ब चार करोड ९९ लाख ४५ हजार १३१ रूपैयाँ बेरुजु कट्टा गरी फर्छ्यौट गर्ने निर्णय गरिएको हो ।

अर्थ मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहमति पश्चात् प्राधिकरणले गत असोज २० गते बसेको निर्णयअनुसार उक्त भुक्तानी स्वीकृत गरेको हो।

प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा बाँकी रकम तिर्ने प्रक्रियामा देखिएका प्राविधिक तथा प्रशासनिक विषयहरू समाधान गर्दै अन्तिम भुक्तानीका लागि अनुमति दिएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: