बस दुर्घटना हुँदा ३३ जना घाइते

229
0
Share:

गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका-९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि चितवनका विभिन्न अस्पताल पठाइएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको हो । घाइते सबैको अवस्था सामान्य छ ।

टिकौली जंगलमा बा. प्र.०३०० ख ०१२३ नम्बरको बस दुर्घटना भएको हो । बस पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा ठोक्किएर सडकमा पल्टिएको थियो ।

सहप्रवक्ता थापाका अनुसार उक्त बस जनकपुरबाट आउँदै गरेको बा. प्र. ०३०० ख ३९०२ नम्बरको यात्रु बसमा समेत ठोक्किएको थियो ।

दुर्घटना भएको बसलाई हटाएर अहिले यातायात सञ्चालनमा ल्याइएको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: