हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग भिड्दै

Share:

काठमाडौं । हङकङ इन्टरनेसनल सिक्सेस २०२५ अन्तर्गत पहिलो खेलमा नेपाल आज (शुक्रबार) अफगानिस्तानविरुद्ध खेल्दै छ। मिसन रोड ग्राउन्ड मोङ कोकमा हुने खेल नेपाली समयअनुसार आज बिहान पौने ९ बजे सुरु हुनेछ।

नेपाली क्रिकेट टोली शरद भेषावकरको कप्तानीमा मैदान उत्रँदै छ। नेपाल रहेको समूह एमा अफगानिस्तानसँगै दक्षिण अफ्रिका छन्।

समूह बीमा अस्ट्रेलिया, इङ्ल्यान्ड र यूएई छन्। समूह सीमा भारत, कुवेत र पाकिस्तान तथा समूह डीमा आयोजक हङकङसँगै बंगलादेश र श्रीलंका छन्।

प्रतियोगितामा आज शुक्रबार कुल १० खेल हुनेछन्। नेपालले भने आज एक मात्र खेल खेल्नेछ। यसपछि नेपालले शनिबार दक्षिण अफ्रिका, हङकङ, कुवेतसँग तथा आइतबार यूएईविरुद्ध खेल्नेछ।

कमेन्ट गर्नुहोस्
Share: