
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुँदैछ। यस संस्करणमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स र कर्णाली याक्स गरी ८ टोली सहभागिता जनाउनेछन्।
हालै मात्र यूएईबाट फर्किएका खेलाडीहरूको आगमनसँगै टोलीहरू पूर्ण प्रशिक्षणमा केन्द्रित भएका छन्। नेपाल क्रिकेट संघले यस संस्करणलाई डे-नाइट फर्म्याटमा सञ्चालन गर्ने योजना बनाएको छ, जसले खेललाई नयाँ आयाम दिने र दर्शकहरूको सहभागिता बढाउने अपेक्षा गरिएको छ।
प्रशिक्षकमा केही टोलीले नयाँ अनुबन्ध गरेका छन् भने केहीले पुराना प्रशिक्षकलाई निरन्तरता दिएका छन्।
यस्ता छन् ८ टोलीका मुख्य प्रशिक्षक :
-जनकपुर बोल्ट्स गत सिजनको विजेता, मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपाउल (वेस्ट इन्डिज)
-सुदूरपश्चिम रोयल्स: प्रमुख प्रशिक्षक जगत टमाटा
-चितवन राइनोज: मुख्य प्रशिक्षक कलाम अली
-कर्णाली याक्स: मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल
-काठमाडौँ गोर्खाज: मुख्य प्रशिक्षक मोन्टी देसाई
-विराटनगर किङ्ग्स: मुख्य प्रशिक्षक चयन प्रक्रियामा, सम्भावित धाम्मिका प्रसाद
-पोखरा एभेन्जर्स: मुख्य प्रशिक्षक राजीव कुमार
-लुम्बिनी लायन्स: मुख्य प्रशिक्षक टिनु योहान्नान
यी टिमहरूले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् र युवा तथा अनुभवी खेलाडी दुवैले अप्ठ्यारो चुनौतीसँग जुध्दै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेका छन्। एनपीएल दोस्रो संस्करणले खेलकुद उत्साह, युवा प्रतिभा र अनुभवी रणनीतिहरूको उत्कृष्ट मिश्रण प्रस्तुत गर्दै नेपाली क्रिकेट प्रेमीका लागि रोमाञ्चक अनुभव दिने अपेक्षा गरिएको छ।
